काठमाडौं । बोइलर कुखुराको मूल्य घटेको छ । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मंगलबारदेखि लागु हुनेगरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले घटाएको हो ।
संघका सचिव देव गिरीकाअनुसार अब मंगलबारदेखि जिउँदो बोइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको छ । उनकाअनुसार अब तयारी मासुको मूल्य पनि घटेको जिउँदो कुखुराको मूल्यअनुसार मंगलबारदेखि समायोजन हुनेछ ।
हाल ४२० रुपैयाँ औसत रहेको तयारी मासुको मूल्य अब ३८० रुपैयाँ हाराहारी रहने गिरीले बताए । स्वदेशमा धेरै उत्पादन भएको र खपत कम भएका कारण नभई भारतबाट अवैध मासु र चल्ला आयात भएका कारण मासुको मूल्य सस्तो भएको उनको दाबी छ ।