काठमाडौँ । लायन क्लब अफ काठमाडौँ सिद्धार्थ गौतम बुद्धको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँको वसुन्धरामा लायन नारायण रेग्मीको अध्यक्षतामा र अज्जु रेग्मी आचार्यको सहभागितामा क्लबले विगतमा गरेको विभिन्न सामाजिक कार्यक्रमहरूको समीक्षा गर्दै सम्पन्न गरेको हो ।
सभाका प्रमुख अतिथि निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा प्रतिनिधि सभा सदस्य पदम गिरीले क्लबको प्रशंसा गर्दै नाम अनुसार काम भएको भन्दै बधाई र शुभकामना दिँदै लायन्स क्लबे सबैलाई सङ्गठित गरेकोमा खुसी व्यक्त गरे । सो अवसरमा सांसद गिरीले लायनको टिमसँग हातेमाले गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यसै गरी लायन क्लब अफ काठमाडौँ सिद्धार्थ गौतम बुद्धले यो वार्षिक साधारण सभाबाट लायन वर्ष २०२३ र २४ का लागि लायन नारायण सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन समेत गरेको छ । नयाँ कार्य समितिमा लायन मधुसूदन पराजुली प्रथम उपाध्यक्ष रहेका छन् भने लायन मनोज कुमार गिरि, लायन विजय बस्नेत, लायन सविन न्यौपाने, लायन खुमकान्त चापागाईँ, लायन रमेश सोडारी र लायन गेली शेर्पा पदाधिकारीमा निर्वाचित भएका छन् ।
यसै गरि एलसीआइएफ एरिया लिडर लायन राजन लम्साल विशिष्ट अतिथि रहनु भएको सो कार्यक्रममा उनलाई लायन्स महापुरुष सम्मान २०७९ बाट सम्मानित गरियो । उनले डिस्ट्रिक ३२५ आई मा सिद्धार्थ गौतम बुद्ध क्लबले छुट्टै पहिचान बनाउन सफल रहेको बत्ताउँदै अध्यक्ष लायन नारायण रेग्मीको नेतृत्वको प्रशंसा मात्र गर्नु भएन डिस्ट्रिक ३२५ आई मा यस्ता अध्यक्षहरू विरलै पाइने जिकिर गरे । यसै गरि सो कार्यक्रममा पूर्व डिस्ट्रिक गभर्नर लायन मन बहादुर रोका, चिफ एडाईजर लायन पार्वती खरेल, जनार्दन फुयाँल, राजु चालिसे, विष्णु प्रसाद भण्डारी र महेश बस्नेतले क्लबको खुलेर प्रशंसा गरेका थिए ।
लायन क्लब सम्बद्ध विभिन्न विशिष्ट व्यक्ति तथा अतिथिहरूको उपस्थिति रहेको कार्यक्रममा लायन वर्ष २०२२ र २३ को समीक्षा, लायन क्लब अफ सिद्धार्थ गौतम बुद्ध इनलाइटनको उद्घाटन तथा यसै क्लब अन्तर्गतको कुसुम रेग्मीको नेतृत्वको लियो क्लबको प्रमाणपत्र हस्तान्तरण पनि गरिएको थियो । कार्यक्रममा लायनसँग सम्बन्धित समाजसेवी व्यक्तित्वहरूलाई सम्मान, प्रशंसा र कदर पत्र प्रदान गरिएको थियो ।