काठमाडौं । गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले चार जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा डीआइजीहरु सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ छन् ।
