काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित नगरपालिका र गाउँपालिकाका लागि खटाएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि सात दिनभित्र हाजिर गराउन मन्त्री अमन लाल मोदीले मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले शुक्रबार नै परिपत्र गरिसकेको छ ।
मन्त्रालयले मन्त्रालयबाट खटाइएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिकारगाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गरेको छ ।