कामठाडौँ । सरकारले कोशी प्रदेश नामकरणको विवादबारे छानविन गर्न समिति गठन गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा भएको छलफलपछि चैत ५ गतेको घटनाको बारेमा छानविन समिति गठन गर्ने निणर्य भएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले कोशी प्रदेश नामकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको बताइन्।
सो घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने जानकारी दिइन्। समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ ।
यसअघि शुक्रबार पनि मोओवादी कोशी प्रदेशले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ। बिहीबार राती नै आन्दोलनका क्रममा घाईते भएका पदम लिम्बूको मृत्यु भएपछि उनलाई शहीद घोषणा गर्न माग गर्दै प्रर्दशन समेत भईरहेको छ।
पहिचानवादी पक्षधरहरुले प्रदेशको नामाकरण भएपछि सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुमाथि आक्रमण समेत गर्ने गरेका छन्।