दैलेख । दैलेखमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मनकामना ग्यासका सिलिन्डर बोकेको भे १ ख २२०१ नम्बरको ट्रक बुधवार नेपालगञ्जबाट दैलेख जाँदै गर्दा दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरीमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालका अनुसार दुर्घटनामा ट्रकमा सवार चालक, सहचालक गरी तीन जनाको मृत्यु भएको छ ।