काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८/७९ सभा समक्ष पेस गर्ने कार्यसूची छ ।
संघीय संसद् सचिवालयका अनुसार सांसद भुवनबहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक–साँस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नेछ ।
बैठकको सुरुमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउनेछन्।