काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले सङ्कटा क्लबलाई हराएको छ ।
दशरथ रङ्गशालामा भएको खेलमा मनाङले सङ्कटा क्लबलाई एक–शून्य गोलले हराएको हो । मनाङका लागि उज्वेकिस्तानका विङ्गर सेदजामोलले गोल गरे ।
मनाङले दुई खेलमा चार अङ्क जोड्दा सङ्कटाले दुई खेलमा एक अङ्क जोडेको छ ।आजै भएको अर्को खेलमा सातदोबाटो युथ क्लबले एपीएफ क्लबलाई एक–शून्य गोलले हराएको छ ।
यस्तै अर्को खेलमा हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई एक–शून्य गोल अन्तरले हराएको छ ।