धनुषा । यस वर्षको पटमूर्खको उपाधि सञ्चारकर्मी ऋषि धमलालाई प्रदान गरिएको छ । मंगलबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा धमलालालाई पटमूर्खको उपाधि दिइएको हो ।
महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले पाएका छन् । मधेस प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले उल्लु स्वरूपको टोपी र परवलको मालासहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
साथै समाजका लागि विभिन्न क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तिलाई पनि विभिन्न शीर्षकको मूर्खको उपाधिले सम्मानित गरिएको छ । सबै मूर्ख उपाधि पाउनेलाई भिन्डी, भन्टा, आलु, खुर्सानी, केसौर, कटहरसहितको माला लगाएर सम्मान गरिएको थियो ।