काठमाडौँ । आईसीसी विश्वकप लिग टु अन्तर्गतको सिरिजमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
यूएई गएको टोली मंगलबार साँझ स्वदेश फर्किएको हो । लिग टु सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्किएको छ ।
यूएई भ्रमणका क्रममा नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो । पपुवान्युगिनी र घरेलु टोलीसँग समान २/२ खेल खेलेको थियो । जसमा पपुवान्युगिनीसँगका दुवै खेल जितेको थियो भने यूएईसँगको पहिलो खेल हारेको थियो ।
नेपालले पपुवान्युगिनी र यूएईसँग नै घरेलु मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दैछ । नेपालसँगै यूएई पनि नेपालमा हुने सिरिजका लागि आज नै नेपाल आएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवान्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवान्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टुको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।