काठमाडौँ । सभामुख देवराज घिमिरेले बहराइनमा चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६औं बैठकमा भाग लिने भएका छन् ।
उनी ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै फागुन २६ गते त्यसतर्फ जान लागेका संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम र प्रतिनिधि सभाका सचिव गोपाल योगी सहभागी हुनेछन् । नेपाल संघको सदस्य छ ।