काठमाडौं । नेपाली यू-१९ क्रिकेट टीम आज आज स्वदेश फर्किँदैछ ।आगामी वर्ष श्रीलंकामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपमा पुग्न सफल नेपाली टोली साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ ।
बिहीबारको खेलमा यूएईलाई ७ रनले हराएर यू-१९ विश्वकपमा नेपालले ८ वर्षपछि स्थान पक्का गरेको हो ।
यता नेपाल क्रिकेट सङ्घ (क्यान) ले १९ वर्षमुनिको विश्व कप क्रिकेटमा छनोट हुने नेपाली टोलीका सदस्यलाई १/१ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपमा छनोट भएकोमा टोलीलाई बधाई दिँदै क्यानले १/१ लाख रुपैयाँ दिने घोषणा गरेको हो ।