काठमाडौँ । १९ वर्षमुनिको विश्व कप क्रिकेटमा छनोट हुने नेपाली टोलीका सदस्यलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले १/१ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपमा छनोट भएकोमा टोलीलाई बधाई दिँदै क्यानले १/१ लाख रुपैयाँ दिने घोषणा गरेको हो ।
आज बिहीवार भएको खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्व कपमा छनोट भएको हो ।
