काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग २ खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्।
सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले तीन बजेको फ्लाइटमा उडिसकेको बताएका हुन्।
भोलि नेपाल र युएई बिच आईसीसी विश्वकप लिग २ को खेल हुँदैछ। यदि सन्दीपलाई आईसीसीले खेल्ने अनुमति दिएमा भोलिको खेल खेल्नसक्ने भएकाले आझै सन्दीप युएई गएका हुन्।
आइसिसी विश्वकप लिग–२ अन्तर्गतको युएईमा हुने ४ मध्ये तीन खेल बाँकी रहेको छ। एक खेलमा नेपालले पपुवा न्यूगिनीलाई हराईसकेको छ। यो श्रृखलाको अन्तिम ४ खेल भने नेपालमै हुनेछ।