काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मंगलबार मलेसियासँग खेल्दै छ । नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुनेछ ।
नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई , दोस्रो खेलमा शनिबार कुवेतलाई र तेस्रो खेलमा सोमबार हङकङलाई पराजित गरेको थियो ।
मलेसिया भने चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो । २०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली जित निरन्तरता गर्न चाहन्छ।
प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् ।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।अन्तिम खेलमा नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।