काठमाडौं। नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुपा न्युगिनीविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन्।
नेपालले पछिल्लो खेलमा स्कटल्यान्डविरुद्धबाट टोलीमा तीन परिवर्तन गरेको छ।
नेपालले आजको खेलमा प्रतिश जि.सीलाई नेपाली क्रिकेट टोलीमा डेब्यू दिएको छ। प्रतिश नेपालबाट एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७औं खेलाडी हुन्।
प्रतिशसँगै, गुलशन झा र आरिफ शेखले आज नेपालको प्लेइङ ११ मा छन्।
नेपालको प्लेइङ ११ः
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।