काठमाडौँ । यसैवर्ष हुने साफ यू–१९ च्याम्पियनसिप नेपालमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको चार प्रतियोगिताको तालिकामा यू–१९ च्याम्पियनसिप नेपालमा हुने उल्लेख छ ।
सार्वजनिक तालिकाअनुसार साफ यू–१९ च्याम्पियनसिप जुलाई ७ देखि १७ सम्म नेपालमा हुनेछ । तालिका अनुसार साफ यू–१७ महिला च्याम्पियनसिप मार्च २० देखि २८ सम्म बंगलादेशमा हुनेछ । यस्तै,साफ यू–१६ च्याम्पिनयसिप सेप्टेम्बर १ देखि ११ सम्म भुटानमा हुनेछ।
यो वर्षको साफ च्याम्पियनसिप भने भारतमा हुने तालिका छ । च्याम्पियनसिप भारतमा हुने तय भएपनि हालसम्म मिति भने तय हुन सकेको छैन । च्याम्पियनसिपमा दक्षिण एसियाका सात टिमले सहभागिता जनाउनेछन् ।
तर, हाल श्रीलंका फिफाको प्रतिबन्धमा रहेकाले प्रतिबन्ध नहटे च्याम्पियनसिपमा सहभागी हुने छैन ।