काठमाडौँ । यूएईमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले शनिबार कुवेतसँग खेल्दै छ ।
नेपालले आफ्नो दोस्रो खेलमा कुबेतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान पौने ११ बजेबाट सुरु हुनेछ । नेपाल लगातार दोस्रो जित निकाल्न चाहान्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो । कुवेत भने पहिलो जितको खोजीमा रहेको छ।
पहिलो खेलमा हङकङसँग पराजित कुवेत नेपालमाथी जित निकाल्न चाहान्छ । लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यका साथ युएइ पुगेको नेपाली टोली जित निरन्तरता गर्न चाहान्छ । प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । नेपालले हङकङ विरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्नेछ। तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग खेल्नेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।