काठमाडौं। सर्वोच्च अदालतमा सन्दीप लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ सुरु भएको छ।
न्यायाधीश ईश्वर खतिवडाको इजलासमा लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ सुरु भएको हो।
लामिछानेले आफू विदेशमा खेल्न जान पाउनुपर्ने मागसहित बिहीबार रिट दायर गरेका थिए।
नेपाल क्रिकेट संघ क्यानले बिहीबार लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गर्दा लामिछाने परेका छैनन्।
बलात्कार आरोपपछि धरौटीमा रिहा भएका सन्दीपलाई विदेश जान नपाउने अदालतले शर्त राखेको छ।
उक्त निवेदनमा सुनुवाइ हुँदै सर्वोच्चले आदेश गरेमा उनी खेल्न जान पाउनेछन्। यदि सर्वोच्चले आदेश जारी नगरेमा भने उनी मुद्दाको फैसला भएर निर्णय नभएसम्म जान पाउने छैनन्।
मंगलबार मात्र सकिएको विश्वकप लिग टू को खेलमा करिब ६ महिना पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए।