काठमाडौं। आईसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई २ सय ६२ रनको बलियो लक्ष्य दिएको छ।
दुबईको अजमानस्थित इडेन गार्डेन ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनायो।
उसका लागि आकाश त्रिपाठी र विशाल विक्रम केसीले शानदार अर्धशतकीय पारी खेले। १ सय बलको सामना गरेका त्रिपाठीले ७ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ७८ र केसीले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै नटआउट ६३ रन बनाए।
त्यस्तै, अर्जुन कुमालले ३७, कप्तान देव खनालले २१, दिपक बोहराले १७, दिपक प्रसाद डुम्रेले १० र सुवास भण्डारीले अविजित १२ रनको योगदान दिए। सिंगापुरका लागि बलिङमा अभ्युदय छाजेर, आर्यवीर चौधरीले २/२, अद्वित्य भार्गव र महियु भाटियाले एक/एक विकेट हात पारे।
नेपालका लागि आज सिंगापुरविद्धको खेलमा ७ जना खेलाडीले डेब्यू गरेका छन्। डेबू गर्नेमा आकाश सहित दीपक बोहरा, सुवास भण्डारी, हेमन्त धामी, दिपकप्रसाद डुम्रे, दीपक बोहरा र मिलन बोहराले गरेका छन्। जारी प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ।
दोस्रो खेलमा २५ तारिखमा कुबेतसककंग खेल्ने नेपालले हङकङ विरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्नेछ। तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसककंग खेल्नेछ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।