काठमाडौं। सर्वोच्च अदालतले सन्दीप लामिछानेको मुद्दाको पेशी आजका लागि तोकेको छ।
लामिछानेले हिजो सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी आजका लागि तोकिएको हो। उक्त मुद्दा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको छ। १५औं नम्बरमा लामिछानेको मुद्दा पेसी रहेको छ।
लामिछानेले आफू विदेशमा खेल्न जान पाउनुपर्ने मागसहित रिट दायर गरेका थिए।
नेपाल क्रिकेट संघ क्यानले बिहीबार लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गर्दा लामिछाने परेका छैनन्।
बलात्कार आरोपपछि धरौटीमा रिहा भएका सन्दीपलाई विदेश जान नपाउने अदालतले शर्त राखेको छ।
उक्त निवेदनमा सुनुवाइ हुँदै सर्वोच्चले आदेश गरेका उनी खेल्न जान पाउनेछन्। यदि सर्वोच्चले आदेश जारी नगरेमा भने उनी मुद्दाको फैसला भएर निर्णय नभएसम्म जान पाउने छैनन्।
मंगलबार मात्र सकिएको विश्वकप लिग टू को खेलमा करिब ६ महिना पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए।