काठमाडौं। यूएईमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार युएई जाने यू–१९ टोलीलाई बिदाइ गरेको हो। नेपाली टोली बुधबार दिउँसो तीन बजे त्यसतर्फ प्रस्थान गर्नेछ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरे।
प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ ।
यस्तो छ तालिका

प्रतियोगितामा देव खनालले नेपालको कप्तानी गर्नेछन्। देवले नेपालको सिनियर टोलीबाट खेलिसकेका छन्।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कतार,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।
नेपाली यू–१९ टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले नेपालको लक्ष्य उपाधि जित्दै विश्वकप खेलेर फर्किने बताए।
यू–१९ का कप्तान देव खनालले ८ वर्षपछि विश्वकपमा पुगेर फर्किने बताए।
नेपाली यू–१९ टोली:
देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।