काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ।
किर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनायो।
उसका लागि जर्ज मुन्शेले ६०, म्याथ्यु क्रसले ४२, ब्रेण्डन म्याकमुलेनले ३१, काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले २२–२२ रन बनाए।
नेपालका सन्दीप लामिछानेले ४, करण केसीले ३, कुशल मल्ल र ललित राजवंशीले १–१ विकेट लिए।
सम्बन्धित समाचारः एकदिवसीयमा करण केसीको ५० विकेट पूरा
सिरिजमा नेपाल लगातार चौंथो जितको खोजीमा रहेको छ। सिरिजको अघिल्ला तीनै खेल नेपालले जितेको थियो।