काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।
किर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै स्कटल्याण्डले पहिले ब्याटिङ गरिरहेको छ।
अपडेट
स्कटल्याण्डविरुद्ध नेपाललाई आठौं सफलता मिलेको छ।
३८.५ ओभरमा करण केसीको बलमा स्कटल्याण्डका ब्रेण्डन म्याकमुलेन ३१ रन बनाएर आउट भएका छन्।
त्यसअघि ३४.५ ओभरमा करण केसीले स्कटल्याण्डका माइकल लिस्कलाई बोल्ड आउट गरेका थिए। सोही ओभरको तेस्रो बलमा म्याथ्यु क्रसलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका छन्।
त्यसअघि नेपाली टोलीका प्रमुख बलर सन्दीप लामिछानेले ४ र कुशल मल्लले १ विकेट लिएका थिए।
यो समाचार तयार पार्दासम्म स्कटल्याण्ड ३९ ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको छ।
सम्बन्धित समाचारः एकदिवसीयमा करण केसीको ५० विकेट पूरा