काठमाडौं। नेपालका बलर करण केसीले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गरेका छन्।
करणले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ३२ खेलमा ५० विकेट लिएका हुन्।
करणले आईसीसी विश्वकप क्रिकेट लिग–२ को खेलमा मंगलबार स्कटल्याण्डका माईकल लिस्कलाई आउट गरेर आफ्नो ५० विकेट पूरा गरेका हुन्।
योसँगै करण नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो खेलाडी बनेका छन्। यस अघि पुर्व कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए।