काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।
किर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै स्कटल्याण्डले पहिले ब्याटिङ गरिरहेको छ।
यो समाचार तयार पार्दासम्म स्कटल्याण्ड २५ ओभरमा ५ विकेट गुमाएर १३२ रन बनाएको छ।
स्कटल्याण्डविरुद्ध नेपाललाई पाँचौं सफलता मिलेको छ। नेपाली टोलीका प्रमुख बलर सन्दीप लामिछानेले चौंथो विकेट लिएसँगै नेपाललाई पाँचौं सफलता मिलेको हो।
एक विकेट कुशल मल्लले लिए।