काठमाडौं। आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नामिबियालाई ४३ रनले हराएको छ।
जारी श्रृंखलामा स्कटल्याण्डको यो दोस्रो जित हो। उसले आफ्नो पहिलो खेलमा नामिबियालाई नै १० विकेटले हराएको थियो। नामिबियाले भने नेपाल भ्रमणमा एक खेल पनि जित्न सकेन।
श्रृंखलाको अन्तिम खेलमा स्कटल्याण्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबियाले ३८.४ ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो।
उसका लागि लो–हान्द्रे लरेन्सले ५०, कप्तान गेर्हार्ड इरास्मसले ४३, जेन ग्रीनले २५, रुबेन ट्रम्पलम्यान र शान फाउचेले १०÷१० रन जोडे। स्कटल्याण्डका लागि मार्क वाटले ८.४ ओभरमा २ मेडनसहित ४१ रन दिएर सर्वाधिक ४ विकेट लिए।
त्यस्तै, माइकल लीस्कले तीन, ब्रान्डन म्याकमुलेनले दुई र क्रिस ग्रेभ्सले एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ४८.४ ओभरमा सबै विकेट गुमाएर २२१ रन बनायो।
उसका लागि क्रिस्टोफर म्याकब्राइडले ४७, थोमस म्याकिन्टोसले ३४, कप्तान रिची बेरिङ्टले ३२, माइकल लीस्कले २९, लियाम नेलरले २०, म्याथ्यू क्रसले १६, क्रिस ग्रीव्सले १४ र मार्क वाटले १० रन बनाए।
नामिबियाका लागि तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले उत्कृष्ट प्रदर्शन गर्दै ९.४ ओभरमा ३० रन दिएर सर्वाधिक ५ विकेट लिए। ट्रम्पलम्यानको यो एकदिवसीय करियरकै उत्कृष्ट बलिङ हो। त्यस्तै, टांगेनी लुंगामेनीले दुई, बर्नार्ड स्कोल्ट्ज, बेन शिकोन्गो र पिक्की या फ्रान्सले एक÷एक विकेट हात पारे।
नेपाललाई फाइदा
नामिबियाको चारै हारले भने नेपाललाई फाइदा पुगेको छ। नामिबियाको हारले नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने सम्भावना बढेको छ।
नामिबिया बाँकी दुबै खेलमा विजयी हुँदा ४१ अंकमा पुग्नेछ। नेपाल सबै ९ खेलमा विजयी हुँदा ४२ अंकमा पुग्नेछ।
नेपाल सबै ९ खेलमा विजयी हुँदा ४२ अंकमा पुग्नेछ। नेपाल सबै खेलमा विजयी हुँदा शीर्ष तीन पक्का हुनेछ।
नेपाल सबै खेलमा विजयी हुँदा र युएईले बाँकी ६ खेल जित्दा ३९ अंकमा मौत्र पुग्न सक्छ। त्यसैले नामिबियाको हारले नेपाललाई फाइदा पुग्ने भएको छ।