काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) को १६ औ सिजनको खेल तालिका सार्वजानिक गरिएको छ। शुक्रबार सार्वजानिक गरिएको तालिका अनुसार पहिलो खेल गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबिच ३१ मार्चमा हुने छ। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन र २८ मार्चमा प्रतियोगिताको फाइनल खेल हुने छ।
५८ दिन चल्ने खेलमा १० टिमबीच ७४ खेल हुने छन्। प्रत्येक टिमले १४ खेल खेल्ने छन्। जसमा ७ खेल आफ्नो घरेलु मैदानमा खेल्दा ७ खेल अवे मैदानमा खेल्नु पर्ने छ। १० टिम बिच लिग स्टेजका ७० खेल हुने छन्। लिग चरणपछि अङ्क तालिकामा रहने शीर्ष ४ टिम प्लेअफका लागि छानिने छन्।
प्लेअफको सेड्युल भने सार्वजानिक गरिएको छैन्। यद्यपि लिग चरणका ७० खेलपछि २३ मे मा प्लेअफको पहिलो क्वालिफायर खेलाइने सम्भावना रहेको जनाइएको छ। त्यस्तै २४ मा एलिमिनेटर र २६ मा दोस्रो क्वालिफायर खेलाउने सम्भावना रहेको छ। २८ मे मा फाइनलको तारिख तय भएकाले प्लेअफ चरणका खेलहरू यही बिचमा हुने पक्का छ।
प्रतियोगिताका ७४ खेल १२ फरक शहरमा हुने छन्। आइपिएल टिमका १० शहर बाहेक गुवाहाटी र धर्मशालामा पनि आइपिएलका खेलहरू हुने छन्। गुवाहाटी राजस्थान तथा धर्मशाला पञ्जाबको होम मैदानका रुपमा रहने छन्।