काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गरिरहेको छ।
शुक्रबार टियू मैदान कीर्तिपुरमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोजेका थिए।
नेपालले स्कटल्यान्डविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको छ।
यो समाचार तयार पार्दासम्म स्कटल्यान्डले ४१ ओभरमा २०१ रन बनाएर ७ विकेट गुमाएको छ।
नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २, कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।
खेलको लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नुहोस् ।