काठमाडौँ । नियन्त्रणमा लिएका कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई प्रहरीले छाडेको छ ।
मोरङको बेलबारी–४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र उनका साथी रमेश भण्डारीलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई प्रहरीले मंगलवार राति नियन्त्रणमा लिएको थियो । पीडित पक्षका आफन्त र आरोपीबीच मिलापत्र भएको जनाएको छ ।