मोरङ। कलाकार पवन खतिवडा (म्याकुरी) पक्राउ परेका छन्।
मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा संलग्न भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बेलारबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाले होटलमा होहल्ला र कुटपिट भएपछि कलाकार म्याकुरीलाई नियन्त्रणमा लिएको बताए।
उनीसहित अन्य २ जनालाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ।
उनीहरुको कुटाइबाट घाइते युवकको उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ।