काठमाडौँ । सरकारसँगको वार्तापछि यातायात मजदुर संगठनले मंगलबारको बन्द फिर्ता लिएका छन् । मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतसँगको वार्तापछि मजदुर संगठनले हडताल फिर्ता लिन सहमत भएका हुन् ।
मन्त्री श्रेष्ठको सचिवालयमा रहेका विजय गौतमले सोमबारको घटनामा संलग्नलाई कारबाही गर्ने र मजदुरका जायज माग समाधानका लागि सरकारले पहल गर्ने सहमति भएको जानकारी दिए ।
यो पनि पढ्नुस् :-
यातायात मजदुरसँग सरकारको वार्ता हुँदै
सरकार र यातायात मजदुरबीच वार्ता सुरु
सरकार र यातायात मजदुरबीचको वार्ता जारी