काठमाडौँ । सरकार र आन्दोलित यातायात मजदुर संगठनहरूबीच सिंहदरबारमा वार्ता जारी छ । यातायात मजदुर संगठनको माग सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बिहान बोलाइएको बैठक सुरू भएको हो ।
मजदुरहरूको माग सम्बोधनका लागि यातायात व्यवस्था विभागले अधिकतम रूपमा लचकता अपनाएर विवाद समाधान गर्ने बताएको छ ।
मजदुरले उठाएको जरिवानाबापतको रकम घटाउने र ५ पटक कारबाहीमा परे अनुमतिपत्र खारेज हुने विषय यातायात व्यवस्था विभागले गठन गरेको कार्यदलको प्रतिवेदनअनुसार सम्बोधन हुने बताइएको छ ।
आफ्ना माग सम्बोधनका लागि दबाब दिन मजदुर संगठनहरूले मंगलबार उपत्यकामा सवारी हडताल आह्वान गरेका छन् ।
यो पनि पढ्नुस् :-
यातायात मजदुरसँग सरकारको वार्ता हुँदै
सरकार र यातायात मजदुरबीच वार्ता सुरु