पोखरा । पुन एकता क्लबको आयोजनामा ८औँ नदिपुर भलिबल प्रतियोगिता हुने भएको छ । कर्पाकेली पुन समाज नदिपुरसगै रहेको मैदानमा हुने प्रतियोगिता आगामी फागुन ९ देखि १३ गतेसम्म हुने आइतबार नदिपुर कर्पाकेली पुन समाजमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए ।
अध्यक्ष पुनका अनुसार शिवरात्रि पर्व तथा स्व. मेजर चन्द्रबहादुर पहरे पुनको सम्झनामा प्रतियोगिता आयोजना गरिएको हो ।खुला भलिबल प्रतियोगितामा पुरुष, महिला तथा प्रौढको खेल हुनेछ ।
खुला भलिबल प्रतियोगिता भएता पनि विभागीय तथा राष्ट्रिय स्तरका खेलाडी समावेश गर्न सम्बन्धित क्लबले आयोजकको केही सर्त पालना गर्नुपर्नेछ, पुरुष तर्फ एक टिममा धेरैमा ३ जना र महिला टिममा १ जना विभागीय एवं राष्ट्रिय स्तरका खेलाडी सम्बन्धित क्लबको अनुमति पत्रका साथ मात्र खेलमा समावेश हुन पाउनेछन्।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख ५ हजार, द्धितिय हुनेलाई ७० हजार र महिला तर्फ प्रथम हुनेलाई नगद रु ५० हजार र द्धितियलाई रु। ३० हजार शिल्ड, मेडल र प्रमाण प्रदान गरिनेछ । त्यसै गरी प्रौढ तर्फ प्रथम हुनेलाई नगद रु ३० हजार द्धितिय हुनेलाई रु २० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाण प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने महिला, पुरुष एक–एक जनालाई उत्कृष्ट खेलाडी पुरस्कार प्रदान गरिने प्रतियोगिताका खेलकुद संयोजक निशान थकालीले बताए ।