काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार देसाईलाई २ वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो।
भारतका देसाइसँग यसअघि वेस्ट इन्डिजको राष्ट्रिय टिमको प्रशिक्षक थिए।
सन् २०१७ को एसीसी यू–१९ एसिया कपमा नेपालले भारतलाई हराउँदा उनी नेपाली टिमको ब्याटिङ सल्लाहकार समेत थिए।
नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले स्कटल्यान्ड र नामिबियासँग हुने त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा छ।
सिरिजका लागि औपचारिक नियुक्ति हुन बाँकी रहे पनि अघिल्लो साताको आइतबारदेखि नै मोन्टीले नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइरहेका छन्। तर, प्रमुख प्रशिक्षक नियुक्ति गर्ने निर्णयलाई राष्ट्रिय खेलकुद परिषदले सोमबार मात्रै स्विकृती दिएको हो।
उनले सन् २०१४ देखि नै नेपाल क्रिकेटलाई नजिकबाट हेर्दै आएका छन्।