काठमाडौं। पाकिस्तानका सुपरस्टार विकेटकिपर ब्याटर मोहम्मद रिजवान नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भेट्न नेपाल आएका छन्।
बलात्कार आरोपपछि नेपाली टोलीमा फर्किएका सन्दीपलाई हौसला दिन रिजवान आइतबार नेपाल आएका हुन्। उनले सन्दीपसहित नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर चन्द, नेपाली राष्ट्रिय क्रिकेट टिमका अन्य सदस्यसँग पनि भेट गरेका छन्।
रिजवान सोमबार नै पाकिस्तान फर्किनेछन्।
रिजवान वर्तमान समयका टि२० क्रिकेटका प्रमुख ब्याटर हुन्। विश्व टि२० आई वरियता दोस्रो स्थानमा रहेका रिजवानले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।