काठमाडौं। बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ।
नेपालले आइतबार भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै पहिलो जित निकालेको हो। नेपालले पहिलो खेलमा बंगलादेशसँग ३–१ को हार बेहोरेको थियो।
ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको दोस्रो खेलमा नेपालको जितमा अमिसा कार्कीले ह्याट्रिक र कप्तान प्रिती राईले एक गोल गरिन्।
राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ। नेपालले अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ।