काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले निलम्बन फुकुवा भएसँगै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्।
उनले आफ्नो किशोर अवस्थाको तस्बिर सामाजिक ट्विटरमा राख्दै उनले लेखेका छन्, ‘समयसँगै फेरि भेटौँला।’ आफूले के भन्न खोजेको हो भनेर प्रष्ट लेखेका छैनन्। यद्यपि, फेरि मैदानमा फर्कन आँटेको आशय हो भनेर बुझ्न भने सकिन्छ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबारमात्रै सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो।