काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ।
पोखरामा भएको कार्यसमितिको बैठकले सेन्ट्रल कन्ट्र्याक्टका लागि १८ पुरुष र १२ महिला खेलाडीको वर्गीकरण गरेको छ।
त्यस्तै, बैठकले आईसीसी एसियन क्वालिफायर्सका लागि गुल्सन झालाई नेपाली टिमको कप्तानको जिम्मेवारी दिएको छ।
बैठकले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। बलात्कार आरोपपछि उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो।
नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४–१५ मा सुर्खेतमा आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।
उक्त साधारण सभापछि क्यानको निर्वाचन आगामी जेठमा हुनेछ। पहिला जिल्ला, प्रदेश हुँदै केन्द्रको निर्वाचन हुने बताइएको छ।
बैठकले क्यानका सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएपछि दुर्गाराज पाठकलाई जिम्मेवारी दिइएको छ।
विवादित बनेको क्यानको बोर्ड बैठकमा ७ जना केन्द्रिय सदस्यले नेपाल टी–२० लिगको विषयलाई लिएर अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेका थिए।
यी हुन् नेपाल क्रिकेट संघले गरेका १३ निर्णय (सूचीसहित)

