काठमाडौं। ७ जना केन्द्रीय सदस्यहरुले नेपाल क्रिकेट संघ (क्यान) अध्यक्षसहित पदाधिकारीको राजीनामा माग गरेका छन्।
क्यानका ७ केन्द्रीय सदस्यहरुले आइतबार पत्रकार सम्मेलन गर्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्दसहित कार्यसम्पादन समितिका पदाधिकारी प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरेका हुन्।
राजीनामा माग गर्नेहरुमा क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी रहेका छन्।
सम्बन्धित समाचारः
नेपाल टी–२० लिगमा कसरी गरियो फिक्सिङ ? को–को छन् संलग्न ? सीआईबीले दियो जानकारी
उनीहरुले नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर क्यानले गल्ती गरेको, आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएको र यसो मुख्य जिम्मेवार क्यान नेतृत्व भएको आरोप छ।

