काठमाडौं। आईएसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
क्यानले घरेलु मैदानमा हुने स्कटल्याण्ड र नामिबियासँगको त्रिदेशीय एकदिवसीय सिरिजका लागि शुक्रबार २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा निलम्बित कप्तान सन्दीप लामिछाने भने छैन।
सिरिजमा नेपालले पहिलो खेल १४ फेब्रुअरीमा नामिबियाविरुद्ध खेल्नेछ। त्यस्तै, नेपालले १७ फेब्रुअरीमा स्कटल्याण्ड, १८ फेब्रुअरीमा नामिबिया तथा २१ फेब्रुअरीमा स्कटल्याण्डविरुद्ध खेल्ने तालिका छ।
हालसम्म नेपालले विश्वकप लिग–२ मा २४ म्याच खेलेको छ। जसमा नेपालले आठमा जित, १४ मा हार र दुई खेलमा अंक बाँडेको छ। नेपाल अहिले १८ अंकका साथ तालिकाको छैटौं स्थानमा छ।
नेपालको प्रारम्भिक टोलीः
