काठमाडौं। नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड (खेल भावना अवार्ड) प्राप्त गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बिहीबार आसिफले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेको जनाएको छ।
गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी–२० अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उक्त अवार्ड जितेका हुन्।
आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा लड्न पुगेपछि रन आउट गरेका थिएनन्। जुन खेल भावना यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा पाएको क्षण थियो।
त्यसैले आईसीसीले स्पिरिट अफ द क्रिकेट अवार्ड आसिफलाई दिएको हो।