पोखरा । पोखरामा जारी ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै घरेलु टोली गण्डकी प्रदेश सेमिफाइनलमा पुगेको छ ।
आज सम्पन्न खेलमा पहिलो सेट गुमाएको गण्डकीले दोस्रो, चौथो र पाँचौँ सेट जितेर सेमीमा प्रवेश गरेको हो । आजको खेलमा भारतीय खेलाडी नितिनको प्रदर्शन शानदार रहेको थियो ।
हिजो अर्को विभागीय टोली सशस्त्र प्रहरीसँग बिर्सन लायक प्रदर्शन गरेका नितिनले आज ब्लक र स्पाइक दुबैमा उच्च प्रदर्शन गरे । फाइनल सरह भएको प्रतिस्पर्धामा २५–२३, २३–२५, २५–२३, २२–२५, १५–१३ को सेटमा गण्डकी विजयी भएको हो । सशस्त्रसँग हारे पनि गण्डकीले यसअघि नेपाल प्रहरीलाई सोझो सेटमा हराइसकेको थियो