पोखरा । पोखरामा आजदेखि टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ । आज पहिलो दिन ३ खेल सम्पन्न भएका छन् ।
तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल एपीएफ र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्।
प्रतियोगिताको पहिलो खेलमा महिलातर्फ विभागीय टिम त्रिुभवन आर्मी क्बल विजयी भयो। आर्मीले न्यु डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पहिलो सेटमा आर्मीले न्यु डायमण्डमाथि २७–२५ को जित निकाल्यो। दोस्रो सेटमा कमजोर खेलेको डायमण्डलाई २५–१७ र तेस्रो सेटमा २५–२३ अंकका साथ आर्मीले सहज जित हासिल गरेको हो।
दोस्रो खेलमा पुरुषतर्फ २ विभागीय टिम त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बल एपीएफ आमानेसामने भए। साविकको उपाधि विजेता त्रिभुवन आर्मी क्लबले यो संस्करणमा सुखद सुरुवात गर्न सकेन।
एपीएफले ३–१ सेटमा साविक विजेता त्रिभुवन आर्मीलाई पराजित गर्दै जित दर्ता गराएको छ। पहिलो सेट त्रिभुवन आर्मीले २५–२० अंकमा जित निकालेपनि त्यसपछिका लगातर ३ सेटमा पराजय व्यहोरेको छ। दोस्रो सेटमा २५–२२, तेस्रो सेटमा २६–२४ र चौथो सेटमा २५–१९ अंकले आर्मीलाई हराउदै एपीएफ विजयी भएको हो।
तेस्रो खेलमा पुरुषतर्फ गण्डकी प्रदेशले सानदार जित दर्ता गरायो। घरेलु मैदानमा भएको प्रतियोगितामा गण्डकीले विभागीय टिम नेपाल पुलिस क्बललाई ३–० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको हो।
पहिलो सेटमा गण्डकीले पुलिसमाथि २५–२३ अंकले जित दर्ता गरायो। दोस्रो सेटमा २५–२० र तेस्रो सेटमा २५–१६ अंकका साथ गण्डकी विजयी भएको छ।
पुरुषतर्फ एक विदेशीसहित ५ टिम सहभागी छन्। श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस क्लब, त्रिभुव आर्मी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल एपीएफ र गण्डकी प्रदेश सहभागी छन्।
महिलातर्फ ४ टिम सहभागी छन्। विभागीय टिम त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल एपीएफ, न्यु डायमण्ड र गण्डकी प्रदेशको सहभागिता रहेको छ।
विभागीय टिम नेपाल पुलिस क्बल र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड अन्तिम समयमा अनुपस्थित हुने जानकारी गराएपछि गण्डकीको महिला टिमलाई मैदान उतारिएको हो। भारतका ३ जना राष्ट्रियस्तरका खेलाडी गण्डकीको महिला टिमबाट खेल्नेछन्।प्रतियोगिता राउण्ड रोबिनको आधारमा सञ्चालन हुनेछ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५र५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रोले २ लाख ५० हजार रुपैयाँ, तेश्रोले १ लाख २५ हजार रुपैयाँ र सान्त्वना हुने टिमले ६५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँले पुरस्कृत हुनेछन्।
विधागततर्फका उत्कृष्ट खेलाडी र प्रशिक्षकले १० हजार पाउनेछन्। प्रतियोगिता माघ १४ गतेसम्म चल्नेछ।प्रतियोगिताको दोस्रो दिन भोलि माघ ९ गते महिलातर्फ घरेलु टोली गण्डकी प्रदेशले साबिक विजेता एपिएफ क्लबको सामना गर्नेछ । त्यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब र विदेशी क्लब सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलङ्का तथा अन्तिम खेल नेपाल पुलिस र एपिएफ क्लब बिच हुनेछ ।