काठमाडौँ । ललितपुर महानगरपालिका–२५ भैंसेपाटीमा आज आगो लागेर एक जनाको मृत्यु भएको छ।
भैंसेपाटीको फूलबारीमार्गस्थित एक टहरामा बिहान आगलागी हुँदा सोही टहरामा बस्ने धनकुटा घर भएकी ३९ वर्षीया नम्रता राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
आगलागीबाट टहरा जलेर पूर्णरूपमा क्षति भएको छ। घटनाको विषमया अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए।