तनहुँ । भिरबाट लडेर बन्दीपुर गाउँपालिका–३ मा एकजनाको मृत्यु भएको छ। शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
यसैगरी शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५८ वर्षीय राम सुरतको मृत्यु भएको छ। उत्तर प्रदेश जगदीशपुर बलिहरी कबिर नगर घर भई बेलचौतारामा डेरामा बस्दै आएका उनी बिरामी अवस्थामा फेला परेका थिए।
उपचारका लागि जिपी कोइराला अस्पताल लगिएकामा राति १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।