बाँके । बाँकेको खजुरा गाउँपालिका– ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने महिलालाई ग्यास सिलिन्डर उपहार दिने योजना ल्याएको छ ।
मधेसी तथा मुस्लिम समुदायको बाक्लो बस्ती रहेको यो वडामा बालविवाह रोक्न यस्तो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष गरिबे शेषले बताए ।
माघ ३ मा वडाले सूचना जारी गर्दै वार्षिक विनियोजन बजेटबाट २० वर्षमाथिका महिलाको विवाहमा उपहारस्वरूप ग्यास–चुल्हो र सिलिन्डर उपलब्ध गराउने कार्यक्रम ल्याएको हो ।कानुनको कडाइका साथ कार्यान्वयन गरेमात्रै बालविवाह रोक्न सकिने स्थानीय सतिश निरौलाले बताए ।