झापा । कम्बोडियामा भीषण आगलागी घटनामा परी ज्यान गुमाएका झापा बिर्तामोड-१ निवासी निराकार पाण्डेको शनिबार अन्त्येष्टि गरिएको छ।
पाण्डे परिवारजनले मृत्यु भएको २४औं दिनमा निराकरको कनकाई माई नदी किनारमा हिन्दु संस्कार अनुसार दाहसंस्कार गरेको हो।
उनको पार्थिव शरीरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इन्चार्ज अग्नि खरेलले पार्टीको झन्डा ओढाएर सम्मान गरेका थिए।
गत पुस १४ गते राति कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटेल एन्ड क्यासिनोमा भीषण आगलागीमा ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम फाल्दा उनको ज्यान गएको थियो।