झापा । कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परेर ज्यान गुमाएका झापा बिर्तामोड १ का निराकार पाण्डेको शनिबार कनकाई माइमा अन्त्येष्टि गरिँदैछ ।
शुक्रबार काठमाडौँ ल्याइएको उनको शव शनिबार बिहान झापा ल्याएर कनकाई माइमा अन्त्येष्टि गरिन लागिएको हो ।गत पुस १४ गते कम्बोडियामा निधन भएका पाण्डेको शव २४ दिनपछि गृहजिल्ला झापा ल्याइएको हो ।