काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको उपाधिका लागि आज प्रदेश एक र सुदूरपश्चिम खेल्दैछन् ।
खेल दिउँसो १२ बजेपछि सुनसरीको इटहरीमा सुरु हुनेछ । प्रदेश एक विभागीय क्लब एपीएफलाई हराउँदै फाइनलमा पुगेको हो ।
प्रतियोगितामा ७ वटा प्रदेश र एक विभागीय गरी ८ टोली सहभागी थिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार रुपैयाँ पाउनेछन् ।